पर्यटक प्रहरीमा पाण्डेको रजाइँ : छोरीलाई स्कुल पुर्‍याउन प्रहरीकै सरकारी गाडी, हवल्दार चालक !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण २०, २०७८ | २२:२१:३४

 

काठमाडौं । नेपाल भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटक प्रहरी अर्थात ‘टुरिस्ट पुलिस’ नै गठन गरेको छ । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको ग्राउन्ड फ्लोरमा पर्यटक प्रहरीलाई फौजी अड्डा नै तोकिएको छ ।
कहिले प्रहरी उपरिक्षक (एसपी) त कहिले प्रहरी नायब उपरिक्षक (डिएसपी)लाई प्रमुखको रुपमा खटाइने यो अड्डाको हाकिमलाई कर्तव्य पालनाका लागि एउटा स्कोरपीओ गाडी नै उपलब्ध गराइएको छ । तर, कर्तव्य पालनमा खटिनुपर्ने यो स्कोरपीओ गाडी हाकीमको बालबच्चा ओसार पोसारमा प्रयोग हुने गरेको पाइएको छ ।

 

पर्यटक प्रहरी प्रमुखमा कार्यरत रहेका प्रहरी नायब उपरिक्षक डिएसपी तर्कराज पाण्डेले कार्यालय प्रयोजनको लागि उपयोग गर्नुपर्ने स्कोरपीओ गाडी आफ्नो बालबच्चालाई स्कुल पुर्याउने र घर फर्काउने गतिविधिमाा दुरुपयोग गरिरहेका छन् ।

पाण्डेले आफ्नो छोरीलाई जावलाखेलस्थित सेन्ट जेभियर स्कुल पुर्याउन र स्कुल सकिएपछि घर फिर्ता ल्याउन पर्यटक प्रहरीको स्कोरपिओ दुरुपयोग गर्दै आएका छन् ।

दियोपोस्टलाई उक्त सुचना प्राप्त भएपछि उनले प्रयोग गर्ने बि एए ७६१९ नम्बरको स्कोरपीओ गाडीको फलोअप गरेको थियो । शुक्रबार दिउँसो करिब ३ बजेर ३० मिनेट जाँदा उनले चढ्ने गरेको उक्त स्कोरपिओ गाडी जावलाखेलस्थित सेन्ट जेभियर स्कुल पुग्यो । प्रहरीको पहिरनमै रहेका चालक एक जना हवलदार उनलाई लिएर गाडीमा आए । पाण्डेकी छोरीलाई आफुसँगैको सिटमा राखेर झोला भने पछाडी राखे र कुपण्डोल– थापाथली सडक हुँदै उनी डिएसपी पाण्डे भए तर्फ लागे । दियोपोस्टकर्मीले उनले चढेको गाडीको तस्विर समेत कैद गरेको छ ।

यस विषयमा प्रतिक्रिया लिन पर्यटक प्रहरीका प्रमुख पाण्डेलाई सम्पर्क गर्दा उनले त्यस्तो नभएको भन्दै इन्कार गरे । तर, आफ्नी छोरी सेन्टजेभियर्स स्कुलमा पढ्ने गरेको भने स्विकार गरे । ‘छोरी सेन्टजेभियर्समा पढ्छ । त्यस्तो केही होइन । अहिले आउनुस् गाडी यहीँ छ । कहिलेकाँही हो,’ पाण्डेले टेलिफोनमा हामीलाई सोधे,‘तपाईंको नाम के हो ? अनलाइनको नाम के हो ?’

 

सम्बन्धित खबर