पशु स्वास्थ्यमा अपराध : भारतीय कम्पनिबाट यसरी आउँछन् औषधीको नाममा विष (सुचीसहित)

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण २१, २०७८ | ११:३६:१५

काठमाडौं । भारतीय व्यापारीहरुले नेपालमा पशु स्वास्थ्यमा गम्भिर असर गर्ने आहार पठाउने गरेको र नेपालमा त्यस्ता आहार सहजै भित्रिने गरेको पाइएको छ । पछिल्लो समय पशु सेवा विभागले विभिन्न १२ भारतीय कम्पनिबाट नेपाल आयात भएका २० वटा पशु स्वास्थ्य आहार तथा औषधी बजारबाट फिर्ता ल्याउन (रिकल) सुचना प्रकाशन गरेपछि यस्तो भेटिएको हो ।

भारतीय कम्पनिले नेपाल पठाएका ती औषधी तथा पशु आहारले पशुको स्वास्थ्यमा गम्भिर असर गरेको पाइएपछि ती औषधी तथा पशुस्वास्थ्य आहारमाथि प्रतिबन्ध लगाइएको हो । भारतीय कम्पनिको ठगीबाट नेपालमा नेपाली व्यापारी समेत नराम्रोसँग ठगिएको पाइएको छ । नेपाल पशुपंक्षि औषधी व्यावसायी संघका अध्यक्ष भूपेन्द्र प्रसाद गौतमका अनुसार भारतीय कम्पनिहरुले झुक्याएर त्यस्ता औषधी पठाउने गरेका छन् ।

त्यति मात्रै होइन त्यस्ता न्युन गुणस्तर र पशुस्वास्थ्यमा गम्भिर आघात पर्ने औषधीहरु पशु सेवा विभागकै अनुमाति ल्याइएको समेत पाइएको छ । यस्ता पशुस्वास्थ्य आहार तथा औषधी ल्याउँदा नेपालको भंसारमा समेत उचित परिक्षण नहुने गरेको देखिएको छ ।

अर्का पशु औषधी विक्रेता गोविन्द बहादुर श्रेष्ठका अनुसार भारतीय कम्पनिहरुले थोक औषधी ल्याउँदा गुणस्तरहिन औषधी समेत मिसाएर पठाएका हुन्छन् । ‘हामीले थोक औषधी ल्याउँछौँ । त्यसमा न्युन गुणस्तरको औषधी पनि राखेर पठाइदिएका हुन्छन् । जुन हामीलाई थाहा समेत हुँदैन । हामीले त नमुना मात्र परिक्षण गर्ने हो ।’

विभागले बुधबार आफ्नो वेभसाइटमा सार्वजनिक गरेको सुचना अनुसार ती औषधी तथा आहार बजारबाट फिर्ता ल्याउनुपर्छ । तर, वेभसाइटमा राखिएको यस्तो सुचना आम किसान तथा विक्रेताको पहुँचमा हुनेमा भने आशंका छ ।

‘भारतीय कम्पनिबाट आउने औषधी तथा पशु आहार पशुपंक्षीलाई विषादीको काम गरिरहेका छन् । मानव स्वास्थ्यको समेत ख्याल नहुने राज्यमा पशुपंक्षिको स्वास्थ्यबारे कसले सोच्ने ?’ एक किसानको भन्छन्,‘राज्यले त्यस्ता औषधीहरुको उचित परिक्षण गरेर मात्रै नेपाल भित्र्याउनुपर्छ ।’

यी हुन् पशु स्वास्थ्यमा आघात पुग्ने औषधी तथा पशु आहार

सम्बन्धित खबर