रुस–युक्रेन युद्ध : दुनियाँको हतियार बजारमा सबैभन्दा ठूलो खेलाडी को ?–रुस या अमेरिका

दियो पोस्ट  

एजेन्सी । रुस र युक्रेनबीच युद्ध जारी छ । तर, त्यसको असली कारण हो–डर । यदि युक्रेन नेटोको सदस्य बनिहाल्यो भने रुसको सुरक्षामा खतरा हुने डर रुसलाई छ । यता युक्रेनलाई भने रुसको डर छ । त्यसै डरका कारण युक्रेनले नेटोको सदस्य बन्न चाहेको हो । अन्तत वास्तविकतामा बदलियो । रुस युक्रेन युद्धकैबीच अर्को एउटा ‘डर’ को चर्चा भइरहेको छ । त्यो हो तेस्रो विश्व युद्धको सम्भावनाको डर । यद्धपी यो डरको कुनै ठोस आधार छैन । तर, विभिन्न देशहरुले यही डरलाई मध्यनजर गर्दै आफ्नो रक्षा बजेटमा बढोत्तरी गरेका छन् । जर्मनी र चीन त्यसको ताजा उदाहरण हो ।

कुनै पनि ठूलो युद्धको डरलाई दूर गर्नका लागि दुनियाँका मुलुकहरुले एउटै तरिका अपनाउछन् – त्यो हो हतियार । जुन देशसँग जति ठूलो हतियारको भण्डार छ उही देशले दुश्मनसँगको लडाईमा आफूलाई सशक्त मान्नेछ । त्यसकारण दुनियाको ‘डरको बजार’ अर्थात ‘हतियारको बजार’ बुझ्न जरुरी छ ।

दुनियाँको सबैभन्दा धेरै हतियार बेच्ने देश

आउनुहोस् सबैभन्दा पहिले दुनियाँमा हतियारको कारोबार गर्नेे ठूला राष्ट्रहरु कुन कुन हुन् जान्नुहोस् । अमेरिका, रुस, फ्रान्स, जर्मनी र चीन यी पाँच देश मिलेर पुरै दुनियाँको हतियारको बजारको ७५ प्रतिशत हिस्सा कब्जा गरेका छन् ।

आजको दिनमा अमेरिका एक नम्बरमा रहेको छ । रुसको हैसियत पनि यो बजारमा एक नम्बरमै रहने छ । रुस र युक्रेनको यो लडाईमा अमेरिका युक्रेनको पक्षमा उभिएको छ । यसै कारण कयौँ विश्लेषकहरु यो युद्धलाई रुस र अमेरिकाबीचको युद्ध करार गरिरहेका छन् । आजको दिनमा अमेरिका र युरोपको कयौँ देश अर्को मुलुक युक्रेनलाई हतियार मद्दत गरिरहेका छन् । जसको गुहार खुद युक्रेनको राष्ट्रपति भ्लादोमिर जेलेंस्कीले गरिरहेका छन् । यसैकारण अमेरिकामाथि असुरक्षाको डर देखाएर आफ्नो हतियारको बजार अझै बढाउन चाहेको दाबी गरिँदै आएको छ ।

सबैभन्दा धेरै हतियार खरिद गर्ने मुलुक

स्वीडेनको थिंक ट्यांक ‘स्टकहोम ईन्टरनेश्नल पीस रिसर्च इन्स्टीच्युट’ (सिप्री)ले सन् २०२१ मा एउटा रिपोर्टको अनुसार डरको यो बजारमा हतियार धेरै किन्ने मुलुकहरुमा साउदी अरब, भारत, ईजिप्ट, अष्ट्रेलिया र चीन रहेका छन् ।

बेच्ने र खरिद गर्ने देशहरुबारे गहिरो अध्ययन गर्दा यो पत्ता लाग्यो की चीन एउटा त्यस्तो देश हो जसको नाम सबैभन्दा बढी हतियार बेच्ने मुलुक र सबैभन्दा धेरै हतियार खरिद गर्ने मुलुक दुवै लिस्टमा रहेको छ ।

रक्षा मामिलाका विशेषज्ञ राहुल वेदी यसभित्रको कारण बताउँछन् । उनका अनुसार,‘चीनको पुरानो शैलीको शुत्र छ । उसले पहिले अन्य मुलुकबाट हतियार खरिद गर्छन् । त्यसपछि उक्त हतियारलाई ‘रिभर्स इंजिनियरिङ गरेर फेरी त्यो भन्दा खतरनाक बनाएर बेच्ने गर्दछ ।’
हतियारलाई खोलेर त्यसको पुर्जा फेरी दोहोर्याएर तयार गर्नु नै रिभर्स इन्जिनियरिङ । यो प्रक्रियामा चीनले आफ्नो आवश्यकताको हिसाबले केही परिवर्तन गरेर फेरी आफू अनुकुल निर्माण गरेर विक्री गर्दछ । यसैकारण चीन हतियार आयात र निर्यात दुवैमा अगाडी रहेको छ ।

रुसबाट हतियार कुन देशले खरिद गर्छन् ?

रुस र अमेरिकाबाट हतियार किन्ने सुची हेर्ने हो भने विल्कुल फरक देखिन्छ ।

सिप्रीको ताजा रिपोर्ट अनुसार रुसको हतियार मुख्य तीन मुलुकले खरिद गर्छन्–भारत, चीन, अल्जीरिया । अर्थात रुसको सबैभन्दा ठूलो हतियार खरिदकर्ता भारत हो । जानकारहरु भन्छन् यसैकारण भारतले रुसको खुलेर विरोध नगरी एउटा दूरीको सम्बन्ध कायमगरेको छ । रुसले भारतलाई हतियारसँगै टेक्नोलोजी ट्रान्सफरमा पनि सहयोग गर्छ । जसको कारण भारतले केही हतियार आफ्नै देशमा पनि बनाइरहेको छ । जहाँसम्म अमेरिकाबाट हतियार खरिद गर्ने मुलुकको विषय छ । त्यसमा साउदी अरब, अष्ट्रेलिया र दक्षिण कोरिया सबैभन्दा अघि छन् । तर यस्तो पनि होइनकी भारतले अमेरिकाबाट हतियार किन्दैन ।

रुसको साथै भारतले अमेरिका, इजराइल र फ्रान्सबाट पनि हतियार खरिद गर्छ । हालै रक्षा क्षेत्रमा भारतीको मोदी सरकारले ‘आत्म निर्भर भारत’को नारा बुलन्द गरेका छन् । यसै कारण पनि भारत रक्ष्ाँ क्षेत्रमा विविधता ल्याएर रस र अन्य मुलुकमाथि आफ्नो निर्भरता कम गर्न चाहान्छ । यसै कारण भारत खुलेर यो युद्धमा कसैको पक्ष लिन सकेन । भारतले यदि रुसको विरोध र युक्रेनको समर्थनमा केही बोल्यो भने यसले भारत र अमेरिकाको सम्बन्धमा दरार आउने छ । यो समय भारत अमेरिकासँग पनि दूश्मनी मोल्ने स्थितिमा छैन ।

रुस र अमेरिकाको हतियार बजारमा कति बदलाब आयो ?

रक्षा क्षेत्रलाई लिएर भारतको ‘आत्मनिर्भर भारत’ नाराबाट सबैभन्दा असर रुसमाथि नै परेको छ । सिप्रीका रिपोर्ट अनुसार सन् २०१६–१८को बीचमा रुसको हतियारको बजार ठूलो थियो । तर, २०१९–२० मा काफी गिरावट आयो । यसमा ५३ प्रतिशत कटौती भारतको कारण भयो । यस दौरान भारतले अन्य मुलुकबाट पनि हतियार ल्यायो । यद्धपी यतिबेला रुसको हतियारको बजार चीन तर्फ मोडिएको छ । तर यो घाटाको पुरा भरपाई भएको छैन । पछिल्लो १० वर्षमा जहाँ अमेरिकाको हतियारको बजार १५ प्रतिशत बढेको छ । त्यहीँ रुसको हतियारको बजार २२ प्रतिशतले घटेको छ । यद्धपी राहुल वेदीका अनुसार रुस र युक्रेन युद्ध पश्चात हतियार बजारको तस्विर थोरै बदलिन सक्छ ।

उनी भन्छन्,‘अमेरिकासँग पैसा र प्रविधि दुवै छ । यसकारण उ हतियारको बजारमा नम्बर एकमा छ । रुससँग त्यस्तो प्रविधि छ जुन अमेरिकासँग छैन । चीनसँग पैसा र हतियार तयार पार्ने औद्योगिक क्षेत्र पनि छ । यदि रुस र चीन नजिकिए भने हतियारको बजारमा अमेरिकाको दबदवा अब कतिदिन रहन्छ त्यो भन्न सकिँदैन ।’