रुस–युक्रेन युद्धको चपेटामा परेका एक जना नेपाली डाक्टर भारत सरकारद्वारा उद्दार !

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण २३, २०७८ | १३:००:५२

काठमाडौं । नाटो सेनाको विस्तारलाई लिएर रुस र युक्रेनबीच जारी युद्धमा हजारौ नेपाली समेत फसेका छन् । तर, नेपाल सरकारसँग कति जना नेपाली कहाँ छन् भन्ने यथार्थ डाटा समेत छैन ।

युक्रेनमा रुसले गरिरहेको बमबारीबाट भागेर करिब ५ सय भन्दा बढी नेपाली छिमेकी मुलुक जर्मन, पोल्याण्ड लगायत मुलुकमा पुगेका छन् । तर, भूराजनीतिक मामलामा हतार गरेर युक्रेनको पक्षमा उत्रिएको नेपाल सरकारले हालसम्म एक जना नागरिक पनि उद्दार गर्न भने सकेको छैन । रुस–युक्रेन युद्धमा फसेका एक जना नेपालीलाई भने भारत सरकारले उद्दार गरिदिएको छ । जबकी रुस युक्रेन युद्धमा भारत भने हालसम्म मौन बनसेको छ । नेपालले रुस विरुद्ध मतदान गरिसकेको छ ।

पूर्वी युरेपियन देशमा मेडिसिन अध्ययन गर्न पुगेका महोत्तरीको विजलपुर घर भएका रोशन झालाई भारत सरकारले उद्दार गरेको हो । उनी यतिबेला नयाँ दिल्ली आइपुगेका छन् ।

२४ फेब्रअरीमा भएको बमबारीपछि हामी आततायी भयौँ । हामी केहीसमयमै कपडा प्याक गरेर खानेकुरा बन्दोबस्ती गर्दै सुरक्षित स्थानको खोजीमा लाग्यौँ,’ ह्वाट्स एप मार्फत झाले काठमाडौं पोस्टलाई भनेका छन्,‘हामी बस्ने होस्टलको अधिकारीले हामी नजिकै रहेको रेल स्टेसनमा आश्रय लिन सुझाव दिएपछि हामी लाग्यौँ । त्यहीँबाट हामी भूमिगत शुरुंग हुँदै भाग्यौँ ।’

उनी सन् २०२० मा युक्रेनको खर्किभका लागि यहाँबाट हिँडेका थिए । उनी खर्किभ नेश्नल मेडिकल युनिभर्सिटीमा एमबिबिएस तेस्रो वर्षको अध्ययन गर्दैछन् ।

‘एउटा विन्दुमा पुगेपछि मैले आफ्नो विश्वास गुमाएको थिएँ की म जिवित रहन्छु । अब मैले मेरो परिवारलाई कहिल्यै देख्न पाउने छैन भनेर सोचेको थिएँ,’ झाले भने । भारत सरकारले उनलाई बचाएको उनको भनाई छ ।

झा र उनका साथीहरुले सर्पनियाको मेट्रो स्टेसनमा ६ दिन विताएका थिए । उनीहरुले आश्रय लिएको स्थनमा रोटी, विस्कुट र पानीको भरमा दिन विताउनु पर्थ्यो ।

२४ वर्षिय झाले भने,‘मानिसहरुले आफ्नो घर र ज्यान गुमाएका छन् । यो स्थिति कहिले सुधार होला । यसको कुनै स्पष्ट संकेत छैन । यो मेरो जीवनको सबैभन्दा खराब सपना थियो ।’

शनिबारसम्म झाले जसतै ५ सय ५१ नेपालीले युक्रेन छाडेका छन् । त्यसमध्ये ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानीया, ६ जना हंगेरी र चार जना माल्दोवा भन्ने मुलुकमा आश्रय लिन पुगेका छन् । जर्मनीको राजनधानी बर्लिनमा रहेको नेपाली राजदूतावासले आइतबार र सोमबार कति जना नेपाली नागरिकले युक्रेन छाडे भन्ने डाटा लिएको छैन । दूतावासका अनुसार सार्वजनिक विदा भएका कारण यो डाटा लिन सकिएको छैन ।

‘मलाई मेरो भारतीय साथीहरुको सहयोगमा म यहाँ आउन पाएँ,’ झाले भनेका छन् ।

 

सम्बन्धित खबर