जब सेन्टरको नाममा ठगि धन्दा : यी हुन् सयौँ सर्वधारणलाई ठगी गर्ने गिरोह

diyopost.com
दियो पोस्ट  सोमबार, फाल्गुण २३, २०७८ | २०:१७:४१

काठमाडौं । महानगरीय प्रहरी अपराध महासाखाले जब सेन्टरको नाममा ठगि धन्दा गर्ने गिरोहलाई नै नियन्त्रणमा लिएको छ । लामो समयदेखि काठमाडौंका विभिन्न स्थामा आकर्षक जागिरको अवसर भन्दै सर्वसाधरणलाई प्रलोभनमा पार्ने र अन्तमा सेवा शुल्कको नाममा ठगी गर्ने गरेका थिए । प्रहरीले आईतबार गिरोहका सबै नाइकेलाई नियन्त्रणमा लिएको छ । काठमाण्डौको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगाएतका स्थानबाट ठगिमा सक्रिय रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा ३ सय रुपैयाँदेखि ५ सयसम्म फारम शुल्क र १ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जागिर ग्यारेन्टी शुल्कको नाममा ठगी गर्ने गरेका थिए ।


प्रहरी अनुसन्धानमा ठगहरुले फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको देखिएको छ ।

त्यस्तै उनीहरुले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

अर्घखााचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखरी घर भई भक्तपुरको लोकन्थली बस्दै आएका २६ वर्षिय अमर पाण्डेले बानेश्वरस्थित सोसाइटी वालफेयर फ्यासिलिटिज म्यानेजमेन्ट नामक कम्पनि मार्फत ठगी धन्दा चलाउँदै आएका थिए । उनलाई प्रहरीेले पक्राउ गरेको छ । उनीसँगै काम गर्ने अर्घखाँचीकै छत्रदेव गाउँपालिका ६ घर भई पेप्सिकोला बस्दै आएका ३२ वर्षिय तिलकराम पाण्डे पनि पक्राउ परेका छन् । त्यस्तै लम्जुङको दुधपोखरी गाउँपालिका घर भई हाल काठमाडौंको तारकेश्वरको जरंखु बस्ने २२ वर्षिय आनन्द मरहठ्ठाले बालाजुस्थित दुधपोखरी जब प्लेसमेन्ट ट्रेनिङ सेन्टर चलाउँदै आएका थिए । उनले पनि सयौँ युवाहरुलाई ठगी गरेपछि अपराध महासाखाले पक्राउ गरेको छ । सिराहको सिराहा नगरपालिका वडा नम्बर १९ घर भई हाल ललितपुरको सानोगाउँ बस्ने २३ वर्षिय विवेक यादवले कोटेब्वरमा एनएन मल्टिप्रपोज प्रा.लीको नाममा ठगी धन्दा चलाउँदै आएका थिए । यादव पनि प्रहरीको फन्दामा परेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ अँधेरी घर भई हाल कपन बस्ने आश्विन राईले एबिएस जब एण्ड ट्रेनिङ सेन्टरको नाममा ठगी गर्दै आएका थिए । २८ वर्षिय राई अन्तत प्रहरकिो फन्दामा परेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका २ घर भई काठमाडौंको कोटेशवरमा सिन्धु रोजगारी सेवाको नाममा ठगी गर्दै आएका २२ वर्षिय घनश्याम पहाडी पनि पक्राउ परेका छन् । पहाडीबाट मात्रै १ सय ५० जना सर्वसाधरण ठगिएको प्रहरीको अनुमान छ ।

रौतहटको चन्द्रपुर नगरपािलका ४ घर भई काठमाडौंको जडिबुटी बस्ने २५ वर्षिय प्रश्ना लामिछानेले प्राश्ना जब ईन्टरनेश्नल मल्टिप्रपोज प्रा.लीको आवरणमा ठगी धन्दा चलाउँदै आएकी थिइन् । उनै प्रश्नालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर उपमहानगरपािलका ४ घर भई हाल कोटेश्वर बस्दै आएका ४० वर्षिय ज्ञानु न्यौपानेले क्विकमान्डु एमपी प्रा.लीको नाममा ठगी गर्दै आएका थिए । उनी पनि प्रहरीद्वारा पक्राउ परेका छन् ।

सिन्धु जबसेन्टरसँग लिंक ठगी गर्दै आएको अर्को जब सेन्टर हो अनमोल जब मल्टिपल प्रा.ली । यो प्रा.लीका मालिक हुन् रामवचन कुमार यादव । रौतहटको मौलापुर गाउँपालिका ५ घर भई कोटेश्वर बस्दै आएका यादव पनि पक्राउ परेका छन् । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा खुलेका यस्ता जब सेन्टरबाट ठगी भइरहेकाले सचेत हुन समेत अपिल गरेको छ ।

 

सम्बन्धित खबर