पल शाह प्रकरण : पीडितको मानमर्दन गर्ने युट्युवर राहुल थापा पक्राउ

दियो पोस्ट  

काठमाडौं । युट्युब च्यानल मार्फत जथाभावी चरित्र हत्या गर्ने युट्युबरलाई प्रहरीले पक्राउ गर्ने अभियान थालेको छ ।

एक गायीकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पल शाह प्रकरणमा जथाभावी पीडितको पहिचान खुलाएको भन्दै प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गर्न थालेको छ ।

पछिल्लो समय सेलेभ नेपाल नामक युट्युव च्यानल संचालन गर्ने राहुल थापालाई प्रहरीको सायबर ब्युरोले पक्राउ गरेको हो । गुल्मीको भनभने घर भएका बुटवल बस्दै आएका २१ वर्षिय राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । थापालाई साइबर अपराध ऐन अनुसार कारबाही गर्नका लागि जिल्ला अदालतबाट म्याद थप गरि ल्याएको प्रहरीले जनाएको छ ।