निर्वाचन आयोगको ठेक्कामा ‘सेटिङ’ : चौधरीको कम्पनिलाई फेरी पौने १३ करोडको ठेक्का !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण २४, २०७८ | ११:०९:५९

काठमाडौं । आगामी वैशाख ३० गते हुने भनिएको स्थानिय निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तिब्र पारेको छ । तर, आयोगबाट हुने विभिन्न खरिदको ठेक्कामा भने आयोगकै एक जना आयुक्तले मनोमानी गरेको खुलेको छ ।

निर्वाचतन आयुक्त ईश्वरी प्रसाद पौड्यालले अख्तियारको दुरुपयोग गर्दै विभिन्न व्यापारीक घरानालाई सेटिङमा ठेक्का दिलाएको आरोप छ । निर्वाचन आयोगले केहीदिन अघि मात्रै बसन्त चौधरीको स्वामित्व रहेको ग्याबिओनेट ईन्भाइरोमेन्ट सोलुशन प्रा.लीलाई ११ करोड ४० लाख रुपैयाँको ब्यालोट पेपर खरिदको ठेक्का दिएको थियो ।

गत फागुन १४ गते स्विकृत भएको सुचना गोरखापत्रमै प्रकाशित थियो । करिब १० दिनपछि फेरी चौधरीको स्वमित्व रहेको उक्त कम्पनिलाई पौने १३ करोड बराबरको ठेक्का दिइएको छ ।

मंगलबार प्रकाशित सुचना अनुसार चौधरीको स्वामित्व रहेको उक्त कम्पनिलाई निर्वाचन आयोगले ‘मतदाता केन्द्र’ ‘छेकबारा’ अर्थात मत खसाल्नका लागि तयार पारिने गोप्य बुथ खरिदको ठेक्का दिइएको छ । कुल १२ करोड ७८ लाख ९१ हजार एक सय चालिस रुपैयाँमा उक्त ठेक्का ग्याबिओनेटलाई दिइएको हो ।

नर्भिक अस्पताल र खुकुरी रमको मालिक रहेका चौधरीको अख्तियारको आयुक्त पौड्यालसँग सेटिङ रहेको छ । यसअघि पौड्याल रक्षा सचिव पदमा रहँदा नेपाली सेनाको विस्कुट खरिदको ठेक्का पनि चौधरीकै पशुपति विस्कुटलाई दिइएको थियो ।

स्रोतका अनुसार निर्वाचन आयोगले नै गठन गरेको प्राविधिक मुल्यांकन समितिले चौधरीको कम्पनिलाई ठेक्का दिन नमिल्ने सिफारिस गरेपनि आयुक्त पौड्यालको निर्देशनमा ठेक्का दिइएको थियो ।

स्रोतका अनुसार पौड्याल आयुक्त नियुक्त भएपछि नै यो कम्पनिले आफ्नो प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गरेको आरोप छ ।

मतपत्र खरिद ठेक्कामा सेटिङ : बसन्त चौधरीको कम्पनिलाई साढे ११ करोडको ठेक्का, आयुक्तकै समलग्नता !

सम्बन्धित खबर