एमसीसी खारेज माग गर्दै नेपालमा सशस्त्र युद्धको घोषणा !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण २४, २०७८ | १५:३०:१४

काठमाडौ । नेपालमा एक समुहले फेरी सशस्त्र युद्धको घोषणा गरेको छ । आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले हतियारको तस्विरसहित युद्धकोे घोषणा गरेको हो । नेपालमा सनातन हिन्दुराष्ट्र हुनुपर्ने, एमसीसी खारेज हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत २० बुँदे माग अघि सारेर युद्ध घोषणा गरेको हो ।

दियोपोस्टलाई प्राप्त ईमेलमा उनीहरुले हतियारको तस्विर समेत सार्वजनिक गरेका छन् । तर, ती हतियार उनीहरुको नभई गुगलबाट डाउनलोड गरि धम्काउने उद्देश्यले मात्रै राखेको देखिन्छ ।

उनीहरुले प्रेसित गरेको तस्विरलाई गुगलमा रिभर्स गर्दा सेन्सर डटनेटबाट उक्त तस्विर डाउनलोड गरेको देखिन्छ । तर, उक्त दलले यो हतियार समेत आफूहरुकै भएजसरी विज्ञप्ती निकालेको छ ।

उनीहरुले २०४७ सालको संविधान लागु हुनुपर्ने माग समेत राखेका छन् । अध्यक्षको हस्ताक्षर भएपनि नाम भने छैन ।

सम्बन्धित खबर