सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ईटारी बस्ने ३९ वर्षिय ‘विपना यादव’ गत माघ २५ गते कामको शिलशिलामा धनुषाको सुगामा गाउँमा रहेको दिदिको घरमा गएकी थिइन् ।
घरमा जेठी छोरी कुमारी यादवलाई जिम्मा लगाएर उनी दिदिको घरमा गएकी थिइन् । आमा दिदिको घरमा गएको मौका पारेर गाउँकै प्रसाहीस्थित २६ वर्षिय सरोज कुमार मण्डल कुमारीको घरमा गए । घरमा एक्लै रहेकी कुमारीलाई मण्डलले ललाई फकाई पार्दै विहेको प्रलोभनमा पारे ।
सरोजले कुमारीलाई आफ्नो घरसम्म पुर्याएका थिए । सोहीदिन बेलुका ८ बजेतिर कुमारीमाथि जबरजस्ती करणी गर्न थालेपछि उनले आमालाई फोन गरिन् । आमाले प्रहरी टोली त्यहाँ पुग्दा सरोज फरार भइसकेका थिए ।
यसरी किशोरीमाथि बलात्कार गर्ने मण्डल एक महिनादेखि फरार रहेका छन् । तर, हालसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
पीडितकी आमाले घटनामा समलग्नलाई प्रहरीले जोगाएको आशंका गरेकी छिन् । यता ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओली घटनामा समलग्नलाई पक्राउ गरिएको जानकारी आफूले नपाएको बताउँछन् ।
‘अभियुक्त पक्राउ परेको जानकारी मैले पाएको छैन । म बुझेर तपाईंलाई भन्छु,’ ओलीले भने ।
पीडित परिवारका अनुसार घटना लगत्तै प्रहरीलाई खबर गर्दा पनि अभियुक्त पर्न एकमहिना लागेको थियो ।
‘हामीले घटना भएको भोलीपल्टै जाहेरी दियौँ । तर, हालसम्म पनि पक्राउ परेनन्,’ पीडितका आफन्तले भने ।