काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले चेक बाउन्स मुद्दामा एक प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको वडा नम्बर १ घर भएकी हाल भक्तपुर कमलविनायक बस्दै आएकी राधा मताङ्गी रहेकी छिन् ।
उनले सानिमा बैंकको सुर्यविनायक शाखामा रहेका सानिामा नारी बचत खाताबाट रकम भुक्तानी हुन्छ भन्दै रकम नै नभएको चेक दिएपछि पीडितले चेक बाउन्स मुद्दा गरेका थिए ।
गत २०७७ साउन २० गते खातामा प्रयाप्त रकम नभएको चेक दिएकी थिइन् । उनलाई उच्च अदालत पाटनले उनलाई ५ दिन कैद र १९ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
सिआइबीले उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरि फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा बुझाएको छ ।
पक्राउ परेकी राधा भोलेन्टियर्स कोर्प्स नेपालको उपाध्यक्ष समेत हुन् ।