काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा तीन जनाको बढुवा सिफारिस भएको छ ।
डिआइजीहरु धिरज प्रताप सिंह, बसन्त पन्त र रविन्द्र धानुकलाई एआइजीमा बढुवा सिफारिस गरिएको हो ।
गृहमन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले डिआइजीत्रयलाई एआइजीमा बढुवा गर्ने सिफारिस गरेको हो ।
आगामी प्रहरी महानिरिक्षकका लागि एआईजी विश्वराज पोखरेल र सहकुल थापा मात्रै प्रतिष्पर्धी थिए ।
तर, यो बढुवासँगै ४ जना एआइजीको प्रतिष्पर्धा रहने भएको छ । सिंह र धानुकसँगै बढुवा भएका पन्त भने आईजीपी शैलेश थापासँगै अवकासमा जानेछन् ।