हतियार’ राखेर झूटो मुद्दामा सोझा माझीलाई फसाएपछि सशस्त्रका सई विरुद्ध पक्राउ पुर्जी

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र ०२, २०७८ | १:०२:१८

काठमाडौं । सोझा माझीको घरमा हतियार लुकाएर फसाएको मुद्दामा सशस्त्र प्रहरीका एक जना सईमाथि छानबीन चलेको छ । १४ वर्षदेखि सशस्त्र प्रहरी गण नम्बर १ झापाको चन्द्रनिगाहपुरमा रजाइँ गर्दै आएका सशस्त्र प्रहरीका घुमुवा सई रमेश कुँवरमाथि प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको हो । पक्राउ परेका उनी बयान दिएपछि उच्च तहका प्रहरी नेतृत्वको निर्देशनमा छुटेका छन् ।

घटना केहीदिन अघिको हो । स्थानिय एक जना माझी परिवारलाई फसाउने उद्देश्यले उनको घरमा कटुवा पेस्तोेल राखिएको थियो । उक्त पेस्तोल रहेको सुचना शुरुमा राजवंशी थरका एक व्यक्तिले माझीको घरमा उनै सशस्त्र प्रहरीका सई कुँवरलाई लिएर पुगेका थिए । घरमा अवैध हतियारसहित भेटिएका ती माझी परिवारलाई सई कुँवरले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएका थिए ।

‘ती माझीले राजबंशीको छोरी विहे गरेको रहेछ । उसको माइती पक्षलाई त्यो केटासँग विहे गरेको मन परेको रहेनछ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले दियोपोस्टसँग भने,‘हतिहार माइती पक्षले नै राख्न लगाएको भन्ने अनुसन्धानबाट देखियो । सासुले नै एकजना व्यक्ति लगाएर राख्न लगाएको देखियो । हामीले निर्दोष माझीलाई छाडेर अन्य व्यक्तिहरुलाई मुद्दा चलायौँ ।’

डिएसपी पाठकका अनुसार सबैभन्दा पहिले घटनाको जानकारी तीनै सई कुँवरलाई आएको थियो । ‘घटना ट्वीस्ट भयो । जोसँग हतियार बरामद गरियो उ अभियुक्त होइन भनेपछि हामीले कुँवरलाई पनि सोधपुछ त गर्नुपर्यो,’ पाठकले भने,‘मानिस पक्राउ परेपछि अनुसन्धानले हामीलाई अर्कै मोडमा लग्यो । हतियार राखेको भन्ने देखिएपछि कुँवरलाई पनि सोधपुछ त गर्नै पर्यो ।’

पक्राउ परेका राजवंशी थरका वयक्तिले भने हतियारमा भारतीय नागरिक समेत समलग्न रहेको आरोप लगाइदिएर उन्मुक्ति दिने कोशस गरेका छन् । ‘हामीले अनुसन्धान गर्न परेपछि उसलाई बोलाएर सोध्ने कुरा भएन । पक्राउ पुर्जी त जारी गर्नै पर्यो । बयान गराउनैपर्छ,’ पाठकले भने,‘बयान गराउनका लागि कानुनी प्रक्रिया पुर्याउन पर्यो नी । त्यसकारण उसलाई पनि पक्राउ अनुमति लिएर सरकारी वकिलमा पेश गरेका हौँ ।’

सम्बन्धित खबर