३३ किलो सुन तस्करी र सानम शाक्य हत्याकाण्डका ‘नाइके’ भुजुङ गुरुङ राप्रपाको चुनावी कमाण्डर

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र ०३, २०७८ | ०:१४:५८

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी स्थानिय तहको निर्वाचनमा जित हात पार्न विभिन्न जिल्लाको चुनावी कमाण्डर तोकेको छ ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ । केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै माओवादी सहित अन्य दल विरुद्ध चुनावी प्रचारमा हिँड्नेछिन् ।

यता मनाङ जिल्लाको चुनावी कमाण्डरमा भने ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा जेल जिवन विताएर आएका भुजुङ गुरुङ चयन भएका छन् । ठमेलस्थित होटल मनाङका मालिक समेत रहेका गुरुङलाई प्रहरीले २०७५ साल चैत्रमा पक्राउ गरि मुद्दा चलाएको थियो ।

सम्बन्धित खबर