भूराजनीतिको केन्द्रमा नेपाल : चीनीयाँ विदेश मन्त्री लगत्तै अमेरिकाबाट २५ जना टोली नेपाल आउँदै !

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र ०३, २०७८ | १२:३६:४९

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएसँगै नेपाल भूराजनीतिक चासोको केन्द्रमा परेको छ ।
एमसीसीलाई लिएर असन्तुष्ट बनेको छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी यही चैत्र दोस्रो साता नेपाल भ्रमणमा आउँदै छन् । नेपाल सरकारकै निम्तोमा नी नेपाल भ्रमणमा आउन लागेका हुन ।

 

अमेरिकी सहयोग निकाय एमसीसीसँग विदुत र सडक पूर्वाधार सम्बन्धी परियोजनाको लागि चार वर्ष अघि भएको सम्झौता गत फागुन १५ गते संसदबाट पारित भएपछि नेपाल भूराजनीतिक चपेटामा परेको छ ।

चीनले पनि यो सम्झौतासँगै आफुसँग भएको बिआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजानुपर्ने माग राख्न थालेको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि अमेरिकाले दबाव बढाएको समयमा चीनले त्युसलाई ‘धम्कीपूर्ण कुटनीति’ भन्दै सार्वजनिक रुपमा प्रतिक्रिया दिएको थियो । सोही प्रतिक्रिया पश्चात विदेशमन्त्री यी नेपाल भ्रमणमा आउने भएका हुन् ।

तर, उनी आए लगत्तै अमेरिकाले पनि आफ्नो टोली नेपाल पठाउन लागेको छ । अमेरिकाले चिनियाँ विदेशमन्त्रीको भ्रमण लगत्तै आफ्नो मुलुकबाट २५ जनाको जम्बो प्रतिनिधि मण्डललाई नेपाल पठाउने तयारी गरेको हो ।

अमेरिकाले नेपालस्थित एमसीए नेपाल मार्फत ५० अर्ब रुपयाँ अनुदान मार्फत सहयोग गरेको छ । उक्त सहयोग अमेरिकाले चीनलाई घेर्ने सैनिक रणनीति ‘इन्डोप्यासेफिक रणनीति’ अन्तर्गत रहेको भन्दै नेपालमा चर्को आलोचना भइरहेको थियो । आलोचना र आन्दोलनकै बीच उक्त विवदास्पद बुँदा हटाउँदै नेपालको संसदले व्याख्यात्मक घोषणा अर्थात ‘इन्टरप्र्ेटेटिभ डिक्लेरेशन’ मार्फत पारित गरिदिएको थियो ।

स्रोतका अनुसार २५ सदस्यीय अमेरिकी प्रतिनिधि मण्डलमा अमेरिकी कंग्रेसका प्रतिनिधि, विदेश मामीला सम्बन्धी प्रतिनिधि, न्यायपालिका प्रतिनिधि, उर्जा तथा व्यापारका प्रतिनिधि, मानव अधिकार तथा वित्तिय क्षेत्रका प्रतिनिधि र विदेश विभागका एक बरिष्ठ प्रतिनिधि सामेल हुनेछन् ।

सम्बन्धित खबर