काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक कपिलवस्तुिस्थत केन्द्रीय कार्यालयमा शुरु भएको छ । शुक्रबार विहानैदेखि शुरु भएको बैठकमा समसामयिक परिस्थिति र पार्टीको राजनीतिक कार्यादिशाको विषयमा छलफल शुरु भएको हो ।
नेताहरुका अनुसार बैठक एक हप्तासम्म चल्ने छ ।
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदबाट पारित भएको विषयमा समेत गम्भिर छलफल हुने छ ।
खासगरी, आसन्न निर्वाचन सम्बन्धमा पनि पार्टीमा छलफल भएको र यसमा फरक मत पनि आएको बताइएको छ ।