सोझा माझीको घरमा हतियार राखेर फसाउने सशस्त्रका पावरफूल सइ कुँवरलाई उन्मुक्ति !

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र ०५, २०७८ | २३:२१:०४

काठमाडौं । झापा प्रहरीले हात हतियार राखेर सोझा माझीलाई फसाउने सशस्त्र प्रहरीका सई रमेश कुँवरलाई उन्मुक्ति दिइएको पाइएको छ ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ नयाँ बस्ती घर भएका मुगालाल माझीको घर बाहिर आफैले हतियार राखेर फसाउने कार्यमा समलग्न कुँवरलाई उन्मुक्ति दिएर उनैलाई जाहेरकर्ता बनाइएको छ ।

स्थानिय जात्री राजबंशीकी एक्लो २१ वर्षिय संगीता राजबंशीको विहेको तयारी हुँदै गर्दा आजभन्दा एक महिना अघि मुगलाल माझीसँग प्रेम विवाह गरि भागेपछि माइतीपक्षले गरेको षडयन्त्रमा सशस्त्र प्रहरीका सई कुँवर प्रयोग भएका थिए ।
हल्दिबारीस्थित तुलीसी चिया उद्योगमा काम गर्ने क्रममा संगीतासँग मुगलालको प्रेम भएको थियो । गत पौषमा उनीहरुले मद्यिनरमा गई विवाह गरेका थिए । संगीतालाई मुगालालबाट छुटाउन उनको ससुराली पक्षले मुगालालको घरमा कटुवा पेस्तोल राखिदिएका थिए ।

आमा जात्री राजवंशीले प्रहरीमा दिएको बयान अनुसार उनको छोरी संगीता कथित तल्लो जातसँग विहे गरेको र आर्थिक अवस्था समेत कमजोर भएका कारण छोरीलाई फिर्ता ल्याउन चाहान्थे । ‘मुगालाल माझी हामीभन्दा तल्लो जातको रहेकोले कहिले काँही हामी छोरीको घरमा जाँदा पानी समेत खान नमिल्ने भएको र आर्थिक अवस्था समेत ज्यादै कमजोर भएकाले गर्दा मेरो एक्ली छोरी दुख पाउँछिन् होला भन्ने लागेर छोरीलाई जसरी भएपनि मुगालालबाट छुटाएर माइती घर ल्याउनु पर्यो भन्ने सोच आयो,’ उनले बयानमा भनेकी छिन् ।

यसैक्रममा उनको भेट रंजीत राजवंशीसँग भएको थियो । छोरीलाई छुटाएर ल्याउनका लागि रंजितले जात्रीसँग ३ लाख रुपैयाँ बार्गेनिङ गरेका थिए । तर, उनले ३० हजार मात्रै दिन सक्ने बताएपछि मुगालालको घरमा हतियार राख्ने योजना बनेको जात्रीले दिएको बयानमा उल्लेख छ ।

रंजित सिंह राजबंशी भनिने व्यक्ति तत्कालिन नेकपा माओवादीका कार्यकर्ता थिए । उनले जनयुद्धकालमा लुकाएको हतियार उत्खनन् गरेर माझीको घरमा ल्याएर राखेको बयान दिएका छन् । उनै राजवंशीले बयानका क्रममा सशस्त्र प्रहरीका सई कुँवरको नाम पोलेपछि घटनाले अर्को मोड लिएको हो ।

‘म भुमिगत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लागी भुमिगत भई हिड्ने क्रममा पार्टीका म तथा पाटिका कार्यकर्ता सेल्टर लिएर बस्ने गरेको जिल्ला झापा बाह्रदशी गाउँपालिका वडा नं। ७ डाँगीबारी बजारदेखि आधा कि।मि। दक्षिण घर भएका टेनु राजवंशीको घरको ग्वालीमा हतियार ९कुटवा पेस्तोल० लुकाई छिपाई राख्ने गरेकोमा उक्त स्थानमा हतियार ९कटुवा पेस्तोल० छ, छैन भनि यकिन गर्नको लागी २०७८ सालको माघ महिनाको अन्तिम तिरनिज टेनु राजबंशीकोमा म र जीतलाल राजबंशी गई मैले टेनु राजबंशीलाई म पहिला भुमिगत हुँदा म तथा पाटीका साथीले तपाईको गाई ग्वालीमा एउटा सामान राखेको थियौं, छरछैन हेर्नु पर्नेछ भनी बताएकोमा निजले हुन्छ हेरेर लानु भनी बताएपछि म निजको गाई ग्वालीमा गई पहिला हतियार राख्ने स्थानमा हेर्दा कपडामा बेरेको अवस्थामा हाल बरामद भएको हतियार ९कटुवा पेस्तोल० फेला परेकोले निज टेनु राजबंशीलाई मैले सामान भेटेर लगें है भन्दै उक्त हतियार लिई म र जितलाल राजबंशी फर्की आई हतियार साथमा भएपछि मुगालाल माझीको घर कम्पाउण्डमा सो हतियार राख्ने जात्री राजबंशीसँगको योजना अनुसार मैले मेरो पहिला देखि चिनेजानेका सशस्त्र प्रहरी बल २ नम्बर गण हेक्वा। झापामा सादा पोसाकमा खटिएका रमेश कुँवर भन्ने रमेश कुमार कुँवरलाई सामान ९कटुवा पेस्तोल० सहित मान्छे उठाउन सकिन्छ सकिदैन भन्दा निजले सकिन्छ भनेको थियो,’ राजवंशीले बयानमा भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले कुँवरलाई मुद्दा समेत नचलाई उनलाई जाहेरवाला बनाएर उन्मुक्ति दिएको छ । स्रोतका अनुसार सशस्त्र प्रहरी बलको गण नम्बर २ झापाका डिआइजीको सेटिङमा उनलाई उन्मुक्ति दिएको थियो ।

सम्बन्धित खबर