यौन दुर्व्यवहारको आरोपी समात्न गएका एक प्रहरीको हत्या, १८ प्रहरी घाइते

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २:२०:३९

काठमाडौं । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । सोही आक्रमणमा परेर एक महिला प्रहरीको मृत्यु भएको हो । स्रोतका अनुसार घाँटीमा हतियार प्रहार हुँदा उनको घटनास्थलमै प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । नको स्थानिय अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । यद्यपी यसको औपचारिक पुष्टि हुन भने बाँकी छ ।

लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए ।

घटनास्थलमा पुगेर प्रहरीले अधिनमा लिन खोज्दा प्रहरी महिलाको मृत्यु भएको हो। स्रातका अनुसार एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घाईते भएका छन् ।

विद्यार्थीमाथी यौन दुव्र्यवहार भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो । तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानिय स्रोतले जनाएको छ ।

सम्बन्धित खबर