दहि चोरेको भन्दै बालिकालाई बन्धक बनाउने विरुद्ध जाहेरी लिन रामेछाप प्रहरीद्वारा अस्विकार

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २०:०६:४१

रामेछाप । केहीदिन अघि एक दलित बालिकालाई एक गैरदलितको घर भित्र प्रवेश गरेको भन्दै हात खुट्टा बाँधेर बन्धक बनाएको घटनामा समलग्न विरुद्ध जाहेरी लिन प्रहरीले अस्विकार गरेको छ ।

रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा कथित तल्लो जातकी बालिका घर भित्र प्रवेश गरेको भन्दै २१ घण्टासम्म बन्धक बनाएर हातखुट्टा बाँधेर राखिएको थियो । घर भित्र पसेर दही चोरेको आरोपमा कुटपीट गर्दै ६३ वर्षिय शेरबहादुर श्रेष्ठले बन्धक बनाएर राखेका थिए ।

‘उनले दलित भएर आफ्नो घरमा पसेर दही चोरेर खाएको, सामान् झिक्न खोजेको आरोप लगाएका थिए । सोही आरोपमा बालिकालाई २१ घण्टासम्म घरको थाममा नाम्लोले बाँधेर सिस्नुपानी लाएको ती बालिकाले बताएकी थिइन् ।

 

 

प्रहरीले बालिकालाई बाँधेको डोरी फुकाउन भने पछिमात्र घरधनी बालकुमारी श्रेष्ठले फुकाइदिएकी थिइन । सोही घटनामा पीडित परिवारले जातिय भेदभाव तथा छुवाछुत विरुद्ध समेत कसुर गरेको भन्दै जाहेरी दिएका थिए ।
जाहेरी दर्ताका लागि पुगेकी अधिवक्ता यम कुमारी ददेलका अनुसार प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले शुरुमा जाहेरी दर्ता गर्ने बताएका थिए । तर, केही बेरमै उनले जाहेरी दर्ता गर्न अस्विकार गरेका हुन् । यस विषयमा प्रतिक्रिया लिन डिएसपी थिङको सियुजी नम्बरमा सम्पर्क गर्दा  शुरुमा  फोन उठाएनन् । तर केहीबेरमा कल ब्याक गरेका उनले जाहेरीकाे फर्म्याट नमिलेकाे कारण मिलाएर ल्याउन भनिएकाे जानकारी दिए ।

सम्बन्धित खबर