रोकिएन भिजिट भिषामा मानव तस्करी : दुबईमा आधा दर्जन नेपाली विचल्ली, यी हुन मानव तस्कर !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २१:३०:४७

काठमाडौं । सरकारले भिजिट भिसामा भइ रहेको मानवतस्करी रोक्न मार्सल टिम परिचालन देखि भिजिट भिषामै प्रतिबन्ध लगाएपनि मानव तस्करी भने रोकिएको छैन ।

विशेषगरि युनाइटेड अरब इमिरेट्स युएई लगायत मुलुकमा मानव तस्करी भइरहेपनि सरकारले ठोस कदम चाल्न सकेको छैन । पछिल्लो समय मानव तस्करहरुले हजारौँ नेपालीलाई दुबईमा विचल्ली बनाइरहेका छन् । श्रम मन्त्री किशान कुमार श्रेष्ठ दुबई पुगेपनि नेपालीको उद्दारमा भन्दा पनि तस्करहरुसँग डिलमा मस्त रहेको आरोप छ ।

 

मन्त्री र सरकारको लापरबाहीका कारण दुबईमा अहिले पनि हजारौँ नेपाली विचल्लीमा परिरहेका छन् । पछिल्लो समय तस्करहरुले दुबई पुर्याएका थप ५ जना नेपालीबारे नयाँ जानकारी प्राप्त भएको छ । गोरखाको साविक मोहरिया गाविस ७ घर भएका युक्तमान गुरुङले अर्जनौँ नेपालीलाई दुबईमा विचल्ली बनाएको खुलेको छ ।

भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका गुरुङले रोयल सुरक्षागार्डमा काम लगाइदिन्छु भन्दै ती नेपालीलाई दुबई पुर्याएका थिए । दुबई पुगेका उनीहरुले दलाल गुरुङलाई ५ लाख ६० हजार रुपैयाँदेखि ६ लाख २४ हजारसम्म असुली गरेको पाइएको छ ।

 

दुबईबाट दियोपोस्टको सम्पर्कमा आएका नेपालहरुका अनुसार दलाल गुरुङले भिजिट भिषामा जानेहरुलाई आफ्नै एकाउन्टमा पैसा हाल्न लगाएका थिए ।

विचल्ली हुनेहरुमा कमल बहादुर रायमाझी, सुमन श्रेष्ठ, गंगा राना मगर, याम बहादुर राना क्षेत्री र रमेश श्रेष्ठ रहेका छन् ।

 

सम्बन्धित खबर