काठमाडौं । छिमेकी मुलुक चीनको राजदूत बन्न नेकपा माओवादी केन्द्र भित्र रस्साकस्सी चलेको छ । चीनको राजदूतका लागि यसअघिका राजदूत समेत रहेका पूर्व मुख्यसचिव लिलामणी पौड्याल, नेता लिलामणी पोखरेल र मानव अधिकारवादी माओवादी नेता विष्णु पुकार श्रेष्ठबीच प्रतिष्पर्धा छ ।
तत्कालिन केपी ओली सरकारले एमाले नेता तथा चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेलाई नियुक्त गरेको थियो ।
ओली सरकारले माओवादी केन्द्रका तर्फबाट राजदूत भएका लिलामणी पौड्यललाई फिर्ता बोलाएर पाण्डेलाई नियुक्त गरेको थियो । तर, सर्वोच्च अदालतको परमादेश पछि बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पाण्डेलाई फिर्ता बोलाएपछि चीनका लागि नेपाली राजदूत खाली छ ।
५ महिनादेखि खाली रहेपनि सरकारले चीनको राजदूत नियुक्तीमा खासै चासो दिएको छैन । छिमेकी मुलुकहरुप्रतिको सम्बन्धमा सरकराले कामचलाउ अभ्यास गर्दै आएको छ । यसअघि देउवा सरकारले अमेरिका, बेलायत र भारतका लागि भने तुरुन्तै राजदूत पठाएको थियो ।
सरकारले भारतकालागि शंकर शर्मा, बेलायतका लागि ज्ञान चन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गरिसकेको छ ।
चिनियाँ विदेश मन्त्री नेपाल भ्रमणमा आउने दिन नजिकिँदै गर्दा सरकारले भने राजदूत समेत नियुक्त गर्न सकेको छैन ।