७ वर्षदेखि बाटो पिच नभएपछि एमाले नेता रामेश्वर फुयाँल जनताको घेराबन्दीमा !

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र १०, २०७८ | १२:५३:४२

काठमाडौं । नेकपा एमालेका नेता तथा वागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँललाई जनताले घेरा हालेका छन् । जोरपाटी–साँखु सडकखण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले उनलाई घेरा हालेका हुन् ।

काम शुरु भएको ७ वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानियबासीले उनलाई विहिबार विहानै घेरा हालेका हुन् । स्थानियबासीले सवारी आवागमन समेत अवरुद्ध पारेका थिए । फुयाँललाई प्रहरीले घेरा हालेर सुरक्षा दिनुपरेको थियो ।
ठेकेदारलाई दोष देखाउँदै आफू चोखिने प्रयास गरेको भन्दै फुयाँलमाथि जनताहरु जाइलागेका थिए । यसअघि वागमती प्रदेशको भौतिक योजना मन्त्री हुँदा समेत फुँयालले विकासमा कुनै पनि सहयोग गरेका थिएनन् ।

भिडियोमा एक जना जनतालाले फुयाललाई सोधेका छन्,‘्कुर्सिको लागि पार्टी फुटाएको तिमीहरुले होइन ?’

 

सम्बन्धित खबर