चुनावी सरगर्मी : आफ्नो क्षेत्रको घर घरमा प्रचण्ड !

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र १०, २०७८ | १६:०९:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चुनावी क्षेत्रमा घरदैलो गर्न पुगेका छन् । आगामी वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै उनी चुनावी क्षेत्रमा सक्रिय हुन थालेका हुन् । चितवनस्थित प्रचण्ड निर्वाचित भएको क्षेत्रका विभिन्न वडामा उनी फेरी सक्रिय बन्न थालेका छन् ।

चितवनको माडीस्थित प्रचण्ड निर्वाचित भएका स्थानहरुमा उनी घरघरमा पुगेका हुन् । सामाजिक सञ्जालमा प्रचण्डकी छोरी गंगा दाहालद्वारा सार्वजनिक तस्बिरहरुमा दाहाल जनताकै घरमा खाना खाँदै गरेको, भेटघाट गर्दै गरेको अवस्थामा देखिएका छन् । विहिबार विहान चितवन प्रस्थान गरेका दाहाल चुनावी भेटघाटमा सक्रिय भएका हुन् ।

सम्बन्धित खबर