काठमाडौं । चलचित्र अभिनेता पल शाह जेल चलान भएका छन् । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा तनहु जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीसँगै पक्राउ परेका कृष्ण जोशीलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको ईजलाशले नाबालिका बलात्कार मुद्दामा शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।