म्यानपावरको ठगी विरुद्ध सरकारको कडा एक्सन : ५० वटा म्यानपावरमाथि छानबीन शुरु !

diyopost.com
दियो पोस्ट  शुक्रबार, चैत्र ११, २०७८ | १२:४३:३३

काठमाडौं । वैदेशि रोजगार विभागले विभिन्न ठगी धन्दामा लागेका ५० वटा म्यानपावर कम्पनिमाथि छानबीन थालेको छ ।
श्रम स्वीकृति नलिई श्रमिक विदेश पठाउने वैदेशिक रोजगार व्यवसाय सम्बद्ध कम्पनिलाई अब ७ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । ठगी गर्ने कम्पनिको लाइसेन्स समेत रद्द गर्ने वैदेशि रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले पछिल्लो पटक श्रम स्वीकृति नलिई श्रमिक पठाउने म्यानपावरको उजुरी छानबिन गरी वैदेशिक रोजगार ऐन २०६८ को दफा ४४ अनुसार कारबाहीका लागि छानबिन सुरु गरेको हो । ऐनको सो दफा अनुसार यस्ता कम्पनिलाई तीन देखि ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय दुवै हुने व्यवस्था छ । विभागले सोही दफालाई टेकेर विभिन्न ५० वटा म्यानपावर कम्पनिमाथि छानबीन थालेको हो । यसअघि सोही ऐनको दफा ५१ अनुसार म्यानपावर कम्पनीले जस्तो सुकै ठगी गरेपनि धरौटी राखेको रकमबाट क्षेतिपूर्ति जम्मा गर्नसक्ने व्यवस्था थियो ।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा जस्तोसुकै ठगी गरे पनि धरौटीबाट कट्टा हुनेगरी विभागले सम्बन्धित श्रमिकलाई क्षतिपूर्तिस्वरूप एक लाख रुपियाँ जरिवाना गर्दै आएको थियो । तर, व्यापाक विरोध भएपनि यसअघिको सरकारले यो नियमका आधारमा म्यापावर संचालकलाई खुलमखुल्ला ठगी गर्ने वातावरण बनाइदिएका थिए ।

 

यही ऐनका कारण म्यानपावर व्यावसायीहरुले भिजिट भिषामा खाडी मुलुकमा काम लगाइदिन्छु भन्दै लाखौँ नेपालीलाई ठगी गर्दै आएका छन् ।

सम्बन्धित खबर