सर्लाही । जग्गाको विषयमा झडप हुँदा जनता समाजवादी पार्टीका सांसद प्रमोद साह गम्भिर घाइते भएक छन् । सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा दुई पक्ष बीच झडप भएको हो । बयलबासस्थित शनिबार विहान फूलजोर–त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने विषयमा छलफल भएको थियो ।
सोही विषयमा दुई पक्षबीच विवाद भएको थियो ।
सोहीबेला पुगेका सांसदमाथि अर्को पक्षले प्रहार गरेको थियो । उनको टाउकोमा फलामको रड प्रहार भएको जनाइएको छ । उनलाई बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथामिक उपचार गरिएको छ ।