न्युरोडस्थित निलम गहनाका मालिक सागर शाक्यद्वारा भारतीय व्यापारीको १२ करोड ठगी !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र १४, २०७८ | १:१३:४७

काठमाडौं । राजधानीको न्युरोडस्थित निलम गहना पसलका मालिक सागर शाक्यले भारतीय व्यापारिक साझेदारको करिब साढे १२ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।

आफ्नै पसलका साझेदार भारतीय व्यापारी नरेश वर्माको यतिका रकम शाक्यले ठगी गरेको भन्दै यो प्रकरण प्रहरी कार्यालय सम्म पुगेको छ ।
दुई साझेदारबीच लामो समयदेखिको विवाद प्रहरीमा समेत मिल्न सकेको छैन । सागरलाई पक्राउ गर्ने भएपछि सुनचाँदी व्यापार संघका अध्यक्ष मणिरत्न शाक्य र सुरेश शाक्य प्रहरीसम्मै मिलाएर सेटिङ मिलाएको आरोप छ । मध्यस्तकर्ताको भूमिकामा प्रहरीमा पुगेपनि शाक्यले ठगी गर्ने सागरकै पक्ष लिएको आरोप छ ।

तर, एकसाता भित्र हरहिसाब मिलाउने प्रतिबद्धता जनाएपनि अन्तत वार्ता भाँडिएको छ ।

आइतबार उनीहरुबीच अन्तिम छलफल चलेको थियो । तर, पसल सञ्चालक सागरले २ करोड मात्रै तिर्न तयार रहेको बताएपछि वार्ता भाँडिएको थियो । यता पिडित भनिएका भारतीय व्यापारीले आफूले ब्याज बाहेक ९ करोड पाउनुपर्ने दाबी गरेका छन् । सागर भने ठगीको विषय संचार माध्यममा भन्न नमिल्ने भन्दै पञ्छिने कोसिसमा छन् ।

मध्यस्तकर्ताको भूमिकामा प्रहरीमा पुगेका संघका अध्यक्ष मणिरत्नले निष्पक्ष व्यावहार दुखाउनुका सट्टा ठगी गर्नेकै पक्षमा वकालत गरेको आरोप छ । निलम गहनाका संचालक शाक्य र भारतीय व्यापारीबीचको कारोबार लिखित नभएको भन्दै उनले मौखिक विवादमा टुंग्याउने कोशिस गरेका थिए । केही संचार माध्यमसँग अध्यक्ष मणिरत्नले आफू मध्यस्तकर्ताको भूमिकामा पुगेको स्विकार गरेका छन् । तर, उनले मध्यस्तकर्ता भन्दा पनि विचौलियाको भूमिका निभाएको आरोप छ ।

 

सम्बन्धित खबर