प्रहरी हेडक्वार्टरमा ‘एमाले’ एआइजीको समानान्तर सत्ता : आइजीपीको भन्दा ठूलो सचिवालय !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र १४, २०७८ | २२:५१:०१

्काठमाडौं । नेपाल प्रहरीको महानिरिक्षक (आइजीपी) हुन् शैलेश थापा । उनको सचिवालयको नेतृत्व प्रहरी उपरिक्षक सविन प्रधानसहित २ जना डिएसपीहरुले गरिरहेका छन् । प्रहरी महानिरिक्षक थापाले चोहेको भए त्यो भन्दा उपल्लो दर्जाको प्रहरी कर्मचारीको नेतृत्वमा दर्जनौँ कमाण्डरलाई सचिवालयमा राख्न सक्थे । तर, तडक भडक र रवाफ देखाउन नचाहने आइजीपी थापाले सानै समुहबाट यति ठूलो प्रहरी संगठन चुस्त रुपमा परिचालन गरिरहेका छन् ।

यता प्रहरी प्रधान कार्यालयमै अर्का एक एआइजीले भने आइजीपीले भन्दा ठूलो सचिवालय मात्रै बनाएका छैनन् भावि आइजीपी मै हुँ समानान्तर सत्ता चलाइरहेको पाइएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन केपी ओलीको निगाह र ईश्वर पोखरेलको आशिर्वादमा एआइजी बनेका विश्वराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा समानान्तर सत्ता चलाएको आरोप छ ।

उनले आइजी थापाले भन्दा जम्बो सचिवायल मात्रै बनाएका छैनन् । आफू आइजीपि बन्ने पक्का रहेको भन्दै फौज भित्र दुष्प्रचार गर्दै आएका छन् । स्रोतका अनुसार एआइजी पोखरेलको सचिवालयमा दुई जना एसपी सक्रिय छन् । एसपी मनोज केसी र अर्का एसपी भूपेन्द्र खत्रीलाई पोखरेलले सचिवालयमा खटाएका छन् । त्यस्तै डिएसपी कुमुद ढुंगेल र बसुन्धारा खड्का पनि पोख्रेलको सचिवालयमा खटिएका छन् । ढुंगेल तिनै व्यक्ति हुन् जो लुटपाट मुद्दामा लामो समय फरार भएपछि धरौटी तिरेर रिहा भएका थिए । ढुंगेल सहित यतिका प्रहरीका उच्च तहका कर्मचारी राखेर पोखरेलले आफ्नो आफू प्रहरी महानिरिक्षक भएपछि के– के गर्ने भन्ने विषयमा भावी कार्यायोजना बनाइरहेका छन् ।
जवकी प्रहरीका एआइजीले आफ्नो सचिवालयमा एक जना इन्सपेक्टर राख्न पाउने व्यवस्था छ ।

तत्कालिन केपी ओली सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेपछि घोषणा गरेको चुनावमा समेत पोखरेल प्रहरीको चुनावी कमाण्डर थिए । पोखरेललाई कमाण्डर बनाए एमालेको पक्षमा जनमत ल्याउन सकिने भन्दै उनलाई चुनावी कमाण्डर बनाएको थियो । तर, प्रतिनिधि सभा विघटन नै असंवैधानिक ठहर भएपछि पोख्रेलको चुनावी कमाण्डर खोसिएको थियो ।

गृह प्र्रवक्ता भन्छन्,‘ओएण्डम स्विकृत भए अनुसार राख्नपाउँछन्’

यता गृह प्रवक्ता फणिन्द्रमणी पोखरेल ओएण्डएम स्विकृत भए अनुसार एआइजीको सचिवालय निर्धारण हुने बताउँछन् । ‘उनीहरुको ओएण्डएम स्विकृत भएको हुन्छ । कसैले कामको प्रकृतिको आधारमा धेरै राख्न पनि सक्छन्,’ उनले भने,‘त्यसलाई अन्यथा लिनु हुँदैन ।’

सम्बन्धित खबर