पूर्वडिएसपी गोविन्द थपलियाको ठगीधन्दा : ५ करोड रुपैयाँ खाइदिएपछि पीडितद्वारा प्रशासन गुहार !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र १४, २०७८ | २३:२८:०७

काठमाडौं । बायोमेट्रिकको नाममा नेपाली मजदुरमाथि ठगी गरेको आरोपपछि पक्राउ परेपनि राजनीतिश शक्तिकेन्द्रको आडमा छुटेका पात्र हुन्–पूर्व डिएसपी गोविन्द्र थपलिया ।

उनै थपलियाले एक नागरिकलाई नराम्ररी ठगी गरेको खुलेको छ । ग्रिल व्यावसायी हरि कुमार श्रेष्ठमाथि थपलियाले ठगी गरेको आरोप छ । “प्रहरीबाट अवकाश लिएका भूपू डीएसपी गोविन्द थपलियाले उसको आफ्नै कृषी फर्ममा काम गराएको करोडौं भुक्तानी दिन आनाकानी मात्र गरेका छैनन्, उल्टै गुण्डा लगाएर मलाई कुटपिट गराउने धम्की दिए“, पीडित श्रेष्ठले भने ।

थपलियाका कारण पीडित बनेका श्रेष्ठले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत दिएका छन् । थपलियाको कारण ज्यानै खतरामा रहेको पीडितको आरोप छ ।

लामो समयदेखि कामदारको पारिश्रमिक, निर्माण सामाग्रीको रकम झण्डै पाँच करोड बढी पाउन बाँकी रहेको उनको दाबी छ ।
२०२० जनवरी २९ का दिन बंगुर पालनका लागि खोर तथा कम्पाउन्ड निर्माण गर्न ६७ लाख ६९ हजार ९ सय २० रुपैयामा निर्माण गर्ने गरी ग्रामिण कृषि सेवा प्रालिका तर्फबाट गोविन्द थपलिया र न्यू कालिका ग्रील तथा सोलार फिल्टर कन्स्ट्र्क्सनका तर्फबाट हरिकुमार श्रेष्ठ सम्झौता भएको थियो ।
तर, सम्झौतामा भनिएभन्दा बढी–बढी काम गराउँदै गएका थपलियाले आफूलाई पचास लाख बराबरको काम हुँदा बीस लाख मात्र दिने गरेको भन्दै श्रेष्ठले भने, “९ करोड १३ लाखको काम गरिसकेको छु । तर मैले ३ करोड ६८ लाख मात्र पाएको छु । बाँकी रकमका लागि ताकेता गर्दा थपलियाले ज्यानै लिन खोजे ।’

थपलियाले पैसा दिने विषयमा लिखित सम्झौता समेत गरेका थिए ।

आफ्नो हिसाब किताब नगरिदिएको भन्दै पिडीत दावी गर्ने श्रेष्ठले यसअघि जिल्ला प्रशासन कार्यालय, काभ्रेमा पनि निवेदन दिएका छन् भने श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम कार्यालयमा पनि उजुरी गरेका छन् ।

‘न प्रहरीले बोलाउँदा छलफलका लागि जान्छन्, न श्रममा नै उपस्थित भएका छन्,’ पीडित श्रेष्ठ भन्छन् ।

यता थपलिया भने शुरुमा ६७ लाख रुपैयाँको सम्झौता भएको र पछि १ करोड बढी दिएको आरोप छ ।

थपलिया भने मौखिक सम्mभौता भन्दा बिल बढी पेश गरिएको दाबी गर्छन ।

पिडीत हरी कुमार श्रेष्ठले दुबै पक्षका इन्जिनियर राखेर नापजाँच गरी निस्केको हिसाव लिन आफू तयार रहेको बताउँदै यसअघि निर्माण भइसकेका ४ वटा ठूला खोर थपलियाले भत्काएर समान समेत गायव पारेको आरोप लगाए ।

“म प्रतिष्ठीत व्यक्ति हुँ, मजदूरको मजदूरी मार्ने कुरै आउँदैन, तर सम्झौता भन्दा दोब्बर–तेब्बर बिल पेश गर्नु त मिलेन नि,’ उनले भने, “कहिले मजदुर ल्याएर तेरो घर घेर्छु भनेर धम्की दिन्छ, कहिले कुन पुलिस कार्यालयमा पुगेर डाक्न लगाउँछ । कहिले तेरो फर्म मजदूर ल्याएर घेराइदिन्छु भन्छ । त्यसो गर्न पाइन्छ त ?“

 

सम्बन्धित खबर