सिन्धुलीमा स्थानिय तहको चुनावी रौनक : टिकट पाउन सक्ने संभावना कसको कति ?

दियो पोस्ट  

युवराज पहाडी

सिन्धुली । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारीमा सरकार, निर्वाचन आयोग मात्रै होइन सबै राजनीतिक दल तयारीमा लागेका छन् ।

निर्वाचन जित्न दलहरुले आ–आफ्नो रणनीतिक योजना बनाउँदै छन् । कुन क्षेत्रमा कोसँग साँठगाँठ गर्ने, कसलाई कुन क्षेत्रमा उठाउँदा निर्वाचन जित्न सकिन्छ भनेर तालमेलको तयारी छ ।
निर्वाचन तयारीका लागि विभिन्न जिल्लामा उम्मेदवार छनौटको तयारी छ । सिन्धुली जिल्लामा पनि निर्वाचनको तयारी भव्य बन्दै गएको छ ।

आगामी वैशाख ११ र १२ गते हुने उम्मेद्वारहरुको मनोनयनका लागि तयारी तिब्र पारिँदै छ ।

सिन्धुलीमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रको बर्चस्व छ । यस पटकको निर्वाचनमा गठबन्धन हुने वा एक्लाएक्लै भिडन्त हुने भन्ने अहिलेसम्म निश्चित भएको छैन । चुनाव नजिकिएसँगै एकले अर्कोलाई हिलो छ्याप्ने गलत परम्परा हाम्रोमा छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले गरेको असंवैधानिक प्रतिनिधि सभा विघटनपछि बनेको गठबन्धनले तत्कालिन ओली सरकार तथा हालको नेकपा एमाले विरुद्ध प्रतिरोध गर्ने संभावना छ । यदि त्यसो भए एमालेको हालत सिपि मैनाली आवद्ध भएको नेकपा मालेको जस्तो हुन सक्ने आँकलन छ । एमालको प्रतिरोधमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीसहित ५ दल मात्रै छैनन् संसदीय राजनीति भन्दा बाहिर रहेका अन्य दलहरु पनि छन् ।

सिन्धुलीमा गठबन्धन भए कसले कहाँ सहकार्य गर्नसक्छन् अहिले भन्न सकिने अवस्था छैन । तर, सिन्धुलीको कमलामाई नगरपािलकामा नेपाली कांग्रेसले मेयरमा पार्टीका जिल्ला सभापती उपेन्द्र पोखरेललाई अगाडी सार्ने संभावना छ । पोखरेल वा पूर्वसभापति उज्वल बराल मध्ये एक जना आउनुपर्ने कार्यर्ताको राय छ । त्यसो त बराल संघिय संसदको टिकट पाएर पनि पराजित भएका पात्र हुन् । तर, जिल्लामा उनी प्रभावशाली नेता हुन् । पोखरेलको संगठनमा राम्रो दख्खल छ । बराललाई संसदको भाग पर्ने सुनिश्चित रहँदा पोखरेल मेयरका उम्मेदवार बनाउने संंभावना कांग्रेस जनमा छ ।

त्यसोे त मेयरमा दिपक घिमिरेको समेत सम्भावना रहने छ । एमालेबाट हालका मेयर खड्ग खत्रीको सम्भावना प्रवल रहेको आंकलन छ । उनी नै काँग्रेसको मुख्य प्रतिशपर्धी हुन् । महेन्द्रदेव श्रेष्ठलाई उठाउनुुपर्ने कार्यकर्ताको माग छ । सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रको दबदबा कायमै रहने हुँदा अध्यक्षमा दिपा दाहाललाई उठाउने तयारी गरेको छ । उनी बाहेकको उम्मेदवारले चुनाव जित्न गाह्रो हुने आंकलन छ । उनी हाल सोही गाउँपालिकाकी अध्यक्ष हुन् । प्रभावशाली नेता राजन दाहालकी पत्नि समेत रहेकी उनलाई टिकट दिनुपर्ने माओवादी कार्यकर्ताकै माग छ । काँग्रेसले कपिल कोइरालाको नाम अगाडी सार्दै छ भने यम वहादुर मगर, चन्द्र श्रेष्ठको चर्चा समेत छ । एमालेले रोमन गिरी, कोमल दाहाल मध्ये एक छान्ने छ । गोलन्जोर गाउँपालिकामा काँग्रेसले पुष्प कार्कीको विकल्प खोज्ने छैन ।

उनी कार्यकर्ताको रोजाईका पात्र हुन् । मोतिमाया श्रेष्ठ, सुमन कोईराला, सरद आचार्यको समेत दावी कायमै हुने छ । एमालेमा नारायण बराल, शंकर बराल, टिका देवकोटाको चर्चा रहेपनि बलियो उम्मेदवारको रुपमा नारयण छन् । यता फिक्कल गाउँपालिकामा नेपाली कांग्रेसले नेता रामकुमार पहाडी, धुर्व पहाडी र टंकवहादुर खत्री कृष्णलाई अगाडी सार्ने छ । रामकुमार पुराना लिगेसी बोकेका नेता भएकाले कार्यकर्ता उनलाई टिकट दिनुपर्ने लविङमा छन् भने एमालेको दबदबा सामना गर्ने एकमात्र पात्र कृष्ण केसी हुन भन्ने छाप परेको छ ।

यद्धपी केसीको आउने कार्यकाल सोतह दावी रहने भएकाले यो पटक उनले आफनो निर्यणमाथि पुनर्विचार गर्ने आंकलन छ । एमालेले राजु बराल, रामप्रसाद भन्डारी र पार्वती सुनुवार मध्येबाट एक छनोट गर्ने छ । बराल युवामाझ चर्चित छन् भने काँग्रेसले उनैलाई आफनो तगारो मान्ने छ । उनको मुख्य निसाना काँग्रेस रहँदै आएको छ भने राम प्रसाद भण्डारी संघीय संसद गणेश पहाडीका विश्वासपात्रमा पर्दछन् । हालकी उपाध्यक्ष पार्वती सुनुवारलाई कार्यकर्तामैत्री, विकासप्रेमि नेताको रुपमा चिनिन्छ ।

टिकट आफुले पाए पनि भण्डारी र बरालले पाउदा पनि चुनाव जिताउने जनमत पार्वतीसँग रहेको कारण तिन पात्र मिलेर आउदा पार्टी बलियो बन्ने विश्वास छ । मरिण गाउँपालिकामा काँग्रेसबाट जिल्ला पार्टी सचिव कान्छाराम वल तमाङको लगभग टिकट सुनिश्चित हुने कार्यकर्ताहरु बताउँछन् उनको लविइङमा कार्यकर्ता नै लागेका छन् ।

भतm बहादुर वाईबा, विमला माझीको समेत नाम चर्चामा छ । एमालेबाट गोविन्दलाल माझी, श्रीलाल माझी आउने सम्भावना छ । जिल्लाको चर्चित दुधौली नगरपालिकामा कांग्रेसले गंगा दाहालको सम्भावना देखेको छ । गंगा गिरी र गोविन्द पहाडीको समेत नाम अग्र भागमा छ । एमालेले लक्ष्मण कार्कीले टिकट पाउँदा जित्न सहज हुने रिपोट पार्टीमा पठाएको छ ।

यधपी अहिलेका मेयर घनश्याम कार्कीको दावी स्वतः रहेको कारण दुई कार्की मध्ये एकले बाजी मार्ने आंकलन छ । तिनपाटन गाउँपालिकामा काँग्रेसबाट कर्णबहादुर थापा र सोम घिमिरेको बराबर हैसियत रहेकाले मिलेर चुनाव जिताउन कार्यकर्ताले आग्रह गरेका छन् । एमालेले छत्र दाहाल, शंकर कार्की र पदम माया तमाङलाई अगाडी सारेको छ । पदम मायाको जनमत बढिरहेकाले दाहाल र तामाङ मध्ये कसलाई पार्टीले विश्वास गर्छ भन्ने पर्ख र हेरको स्थिति छ । हरिहरगढी गाउँपालिकामा काँग्रेसले चेत वहादुर सिहं, बम वहादुर स्याङ्नान, कपेन्द्र खनाल, दोर्जे स्याङतानको सम्भावना देखेको छ ।