महन्त ठाकुर नेतृत्वको लोसपालाई सरकारमा ल्याएर मात्रै दिल्ली आउन देउवामाथि भारतको दबाव !

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र १६, २०७८ | २१:०९:०८

काठमाडौं । शुक्रबारदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेर बहादुर देउवामाथि महन्त ठाकुर नेतृत्वको लोकतान्त्रीक समाजवादीलाई सरकारमा सामेल गराउन दबाव परेको छ ।

 

भारतीय पक्षले लासपालाई सरकारमा सामेल गराएर मात्रै दिल्ली उड्न देउवालाई दबाव दिएको स्रोतले जानकारी दिएको छ । ‘शुक्रबार प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जानु अघि (विहिबार) सम्म लोकतान्त्रीक समाजवादी पार्टीलाई सरकारमा ल्याउनुपर्ने दबाव छ,’ स्रोतले भन्यो,‘विहिबार नै प्रधानमन्त्रीले यस विषयमा टुङ्गोमा पुर्याउनुहुनेछ ।’

तीन दिने भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा शुक्रबार ३ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । आफूसँगै रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य एक मन्त्रालय मध्ये कुन लोसपालाई दिने भन्ने विषयमा प्रधानमन्त्री देउवा छलफलमा छन् ।

सम्बन्धित खबर