राजश्व छलीमा पक्राउ पर्नुपर्ने नामुद तस्कर गुड्डु गुप्ता काठमाडौंमा खुलमखुल्ला !

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र १६, २०७८ | २३:२५:१८

काठमाडौं । भारतको विभिन्न नाका हुँदै अवैध तस्करीमा समलग्न ‘तस्करीको बादशाह’ भनिने गुड्डु गुप्ता काठमाडौंमै रहँदा समेत सरोकारवाला निकाय मौन छन् । राजधानीको न्युरोड क्षेत्रमा ६ वटा गोदाम मार्फत बजारमा तस्करीको कपडा विक्री गर्दै आएका गुप्ता केहिदिन अघि काठमाडौं आएका हुन् ।

भैरहवा नाका हुँदै काठमाडौंसम्म आउँदै गरेको कपडा बोकेको ट्रक राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सोही ट्रकमा भन्सार छलीका करोडौंको कपडा बरामद भएको थियो । सो कपडाबारे गोप्य रुपमा राजश्वले अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको हो । गुड्डुका सहयोगी तस्करहरु राजु थापा र नवराज उपाध्यायहरु भने फरार छन् ।

राजश्वले तस्करी विरुद्ध आक्रमक अभियान शुरु गरेपछि नेपाल छाडेर भारतको रक्सौल पुगेका गुड्डु काठमाडौंको न्युरोड क्षेत्रका पसलहरुमा आफूले सामाग्री ल्याउन लागेको बताउँदै आएका छन् ।

गुड्डु गुप्ता र रमाशंकर कलुवार काका भतिज हुन् । रमा शंकर कलवारले मदन गुप्ता मार्फत नेपालमा भन्सार छली तथा तस्करीको काम गर्दै आएका छन् । स्रोतका अनुसार राजश्व अनुसन्धान विभागले पक्राउ गर्ने डरले गुप्ताले आफ्नो मोबाइल ९८५१२…..८४ नम्बर अफ गरेर हिँडेका छन् ।

सम्बन्धित खबर