जिप दुर्घटनामा १३ घाइते

जिप दुर्घटनामा १३ घाइते

पाल्पा, २१ चैत । पाल्पाको पिपलडाँडा गाविस–१ धैरेनीमा आज जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

घाइते सबैको अहिले लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेमध्ये पिपलडाँडा–३ की ६० वर्षीय मनकुमारी पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको शिखरडाँडादेखि तानसेन आउँदै गरेको लु१ज १७८४ नम्बरको जिप दुर्घटना भएको हो ।

Trending News