सरकारको दृष्टिकोण नै माओवादी धारणा–गृहमन्त्री बस्नेत

दियो पोस्ट  

चितवन, २१ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारत र युरोपेली युनियनको संयुक्त विज्ञप्तिको सन्दर्भमा सरकारको धारणा नै एकीकृत नेकपा (माओवादी)को धारणा भएको बताए ।

क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले सो विज्ञप्तिका सन्दर्भमा प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताए।

संविधान कार्यान्वयनका लागि ठूला दलका बीचमा सहमति र सहकार्य आवश्यक रहेको भन्दै उहाँले नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार हुनुपर्ने बताए। राष्ट्रिय सरकार हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा पहिलेदेखि नै बन्दै आएको र अहिले पनि यसकै पक्षमा पार्टी रहेको छ उनको भनाइ थियो ।

मधेसवादी दलको अधिकांश माग पूरा भइसकेको बताउँदै गृहमन्त्री बस्नेतले उनीहरुले निर्णायक आन्दोलन भन्नुको औचित्य नरहेको बताए ।

फरक प्रसङ्गमा उहाँले देशभरको आपूर्ति व्यवस्था सहज भइसकेको बताए। उहाँले कुनै बेला आपूर्ति १५ प्रतिशत मात्रै भएको भन्दै अहिले सतप्रतिशत आपूर्ति व्यवस्था सहज भएको बताउनुभयो । आजै मात्रै भएको बैठकमा नाकाबन्दी अघिभन्दा बढी इन्धन भित्रिएको जानकारी दिइएको भन्दै गृहमन्त्रीले केही ठाउँमा आपूर्तिमा असहज भए पनि छिट्टै पूर्ववत् अवस्थामा फर्किने बताए ।

सम्बन्धित खबर

सिफारिस