कुपण्डोलको सर्भिसिङ सेन्टरमा आगलागी

दियो पोस्ट  

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ।

आज बिहान साँढे ४ बजेर ४० मिनेटमा भएको आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी सिद्धीविक्रम शाहले महिन्द्राको सर्भिसिङ सेन्टरमा रहेका गाडीलगायत सवारी साधनमा आगलागीबाट क्षति पुगेको बताए।

बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।