काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तुलना गरेका छन्।
चितवनमा आइतबार भएको एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वाग्लेले वि।सं।२०१५ सालमा बिपी कोइरालामा जस्तो हुटहुटी थियो अहिले रास्वपा सभापति लामिछानेसँग पनि त्यस्तै हुटहुटी रहेको बताएका थिए।
‘०१५ सालको भिजन भएको, ऊर्जा भएको, आदर्श भएको यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने बिपीको हुटहुटीलाई तुलना गर्न मिल्छ,’ वाग्लेले भने, ‘त्यो भिजन, त्यो महत्वकांक्षा देशलाई यहाँ पुर्याउनपर्छ भन्ने मिसनमा तुलना गर्न मिल्छ।’
बिपीबारे स्वर्णिमले यस्तो तुलना गरेपछि उनको आलोचनासमेत हुँदै आएको छ।
तनहुँ १ मा उपनिर्वाचन लड्न वाग्लेले केही दिनअघि कांग्रेस परित्याग गरेका थिए।