दुर्गा प्रसाईंसँग पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ निलम्बित

दियो पोस्ट  

काठमाडों । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले घुस मागेको अडियो सार्वजिनक भएपछि सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । यसबारेमा महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाले जनाएको छ ।

यो पनि

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक