काठमाडौं । आफ्नै घरमा काम गर्ने १४ वर्षीया नाबालिगमाथिको बलात्कारमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिनाको कैद सजाय भएको छ ।
जिल्ला अदालत ललितपुरकी न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले चटौतलाई जेल सजायका अतिरिक्त पीडितलाई ८ लाख क्षतिपूर्ति भराउन फैसला गरेको हो ।
आफ्नै संरक्षणमा रहेकी नाबालिगमाथि बलात्कार गरेको पुष्टि भएपछि चटौतलाई १८ वर्ष लामो कैद सजायको फैसला भएको छ ।
बझाङकी यी बालिका तीर्थराज चटौतको घरमा कामदारका रूपमा बसेर पढ्दै आएकी थिइन्। आरोपित सुशील तीर्थराजका छोरा हुन्। तीर्थराजको लगानी भएको एउटा जलविद्युत् परियोजनामा पीडित बालिकाका बुबा सहयोगीको काम गर्छन्।