सरकार गठनको ४ महिना नपुग्दै आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सरकार गठनको ४ महिना नपुग्दै प्रधानमन्त्री प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्। नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री नियुक्त हुँदैछन्।
आठौंपटक विस्तार हुँदा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌ले आइतबार पनि पूर्णता नपाउने देखिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्रमन्त्री नियुक्त गरिन लागिएको हो।

वैशाख १० मा उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गरेका छन्। वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १७ चैतमा सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रीहरुको भागबण्डा र नामको विषयमा नेपाली कांग्रेसभित्र विवाद देखिएका कारण त्यसको असर मन्त्रिपरिषद् विस्तारमा पनि देखिएको हो।