काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
चितवन भरतपुर ११ मा रहेको एक घरको तीनतलाबाट खसेर उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटना विहान ४ बजेको हो । टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उक्त घटनापछि अनुसन्धानका क्रममा पार्टी महामन्त्री मुकुल ढकालका गाडी चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए ।