चालक दुर्घटनाबारे रविले भने– घटनालाई राजनीतिकरण नगरिदिनुहोला

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रहरीले अनुसन्धान गरिरहेको यो घटनाका बारेमा आफूले धेरै नबोल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नु भयो । सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ ।’

लामिछानेका ड्राइभर छतबाट खसेको घटनाबारे चितवन प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।