मिटरब्याज पीडित भन्छन्ः प्रत्येक चोटको स्मरण हुनेछ

दियो पोस्ट  

काठमाडौं । मिटरब्याज पीडितहरूले शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमन विरुद्ध आन्दोलन गर्ने भएका छन्। काठमाडौंको शान्तिबाटिकामा सोमबार (हिजो) सरकारले प्रहरी लगाएर आफूहरूमाथि नियोजित दमन गरेको भन्दै मिटरब्याज पीडितले आन्दोलन गर्न लागेका हुन्। “संघर्ष समितिले चाँडै नै यो हिंसा र क्रूरताको प्रतिवादमा आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्नेछ,” मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा दुई जनाको हात भाँचिएको, १२ जनाको टाउकोमा चोट लागेको र ४३ जनाले इमर्जेन्सीबाट उपचार लिएको पीडितहरूले जनाएका छन्। शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले करीब ३६ जनालाई गिरफ्तार गरेको थियो।