मलेसियाविरुद्ध नेपालको सहज जित

दियो पोस्ट  

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गतको पहिलो म्याचमा नेपालले मलेसियाविरुद्ध सहज जित हासिल गरेको छ । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.४ ओभरको खेल बाँकी छँदै भेट्टायो । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका लागि भिम सार्की र कुशल मल्लले अर्धशतक बनाएका थिए । उनीहरुबीच शतकीय साझेदारी भएपछि मलेसिया खेलमा फर्किन सकेन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।२ ओभरमा २ सय ३७ रन बनाउँदै सहज जित निकाल्यो । नेपालका जितमा तेस्रो नम्बरमा क्रिजमा आएका भीम सार्की र कुशल मल्लले शतकीय साझेदारी गरे । कुशल मल्लले चौथो विकेटका लागि भिमसँग १ सय १२ रनको साझेदारी गर्दै ७० रनको अजिजित इनिङ खेले । उनले ४० बल खेल्दै समान ५ चौका र छक्का प्रहार गरे ।