मौसम खराबीले पोखरा उडानमा अवरोध, विहानैदेखि पोखरा विमानस्थल खुल्न सकेन

दियो पोस्ट  

काठमाडौं । मौसममा आएको खराबीका कारण विहिबार विहानैदेखि पोखरा उडान हुन सकेको छैन । डढेलोको कारण मौसम नखुलेपछि विभिन्न एयरलाइन्स कम्पनिहरुले विहिबार विहानैदेखि उडान गर्न सेकेका छैनन् ।

बुद्ध एयरले विहिबार विहानको पहिलो उडानका लागि विमानमा चढाएको यात्रुलाई मौसम खराबीका कारण देखाउँदै विमानबाट ओरालेको थियो । अहिले पोखरा जाने यात्रुहरुको भिड त्रिभुवन विमानस्थलमा बढ्दै गएको छ ।

विमानस्थल कर्मचारीका अनुसार हिजो बुधबार पनि मौसम खराबीले गर्दा उडान निर्क ढिला मात्रै भएको थियो । पछिल्लो समय आगलागी निकै बढेका कारण आकास समेत प्रदुशित बनेको छ । सोही कारण पोखरा उडानमा समस्या आएको छ ।
विहानैदेखि उडानको पर्खाइमा रहेका यात्रुका लागि विहिबार मध्यान्न १२ बजेसम्म उडान हुने नयाँ तालिका दिइएको छ ।