जाजरकोटमा बनाउँदै गरेको पुल भाँचिदा ९ जना घाइते, हेलिकप्टरबाट उद्धार गरिँदै

दियो पोस्ट  

जाजरकोट । जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा ९ जना गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूली भेरीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो। डोल्पा सडक खण्ड रूकुम र जाजरकोटका विभिन्न भागबाट बनेको छ।

घटना भएको ठाउँदेखि जिल्ला सदरमुकाम पुग्न साढे २ घन्टा लाग्ने उनले बताए। काम गरिरहेका उनीहरू सबै नदीमा खसेपछि उद्धार गरिएको सुवेदीले जानकारी दिए।