तत्काल कुनै पार्टीसँग एकता गर्दैनौं : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवस

दियो पोस्ट  

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाम पुगेका उनले तत्काल कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका हुन्।

अन्य दलहरुसँग मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको खनालको भनाइ छ ।

यद्यपि वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको उनले बताए । जनकपुरधाम विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा उनले देशका विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताए ।