महाकाली नदीमा तुइनबाट खसेर एक पुरुष बेपत्ता

दियो पोस्ट  

दार्चुला । महाकाली नदीमा तुइनबाट खसेर एक पुरुष बेपत्ता भएका छन्। दार्चु्लाको व्यास गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडाध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिएका छन्।

आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका हुन्। प्रहरी र स्थानीयद्वारा उनको खोजी कार्य जारी छ ।