तनहुँ–१ मा घट्यो स्वर्णिमको मतान्तर

दियो पोस्ट  

काठमाडौँ । हिँजो भएको तनहुँ १ को प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर घटाएका छन् ।

यसभन्दा अघिल्लो पटक सार्वजनिक परिणाम १० हजार २ सय ५९ मतमा वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको भन्दा ५ हजार २ सय ५६ मतको अग्रता गरेका थिए । अहिले ११ हजार ६ सय ७७ मत आउँदा भने उनको मतान्तर घटेको छ । अहिले वाग्ले र भट्टराईको मतान्तर ४ हजार ८ सय ९० मा झरेको छ ।

पछिल्लो परिणाम अनुसार वाग्लेले ११ हजार ६ सय ६६ मत ल्याउँदा कांग्रेस उम्मेमदवार भट्टराईले ६ हजार ७ सय ८७ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ८ सय ३ मत पाएका छन् ।

त्यहाँ आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन् ।