सर्वोच्चको आदेशपछि थालियो सिंहदरबारको फोहोर उठाउन

दियो पोस्ट  

काठमाडौं । आजदेखि सिंहदरबारको फोहोर उठाउन थालेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनदिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएकोआदेश पालना गर्ने जनाएसँगै फोहोर उठाउन थालिएको हो ।

परिवर्तन सेवा कम्पनीले आजदेखि फोहोर उठाएको छ । गत चैत २५ गते मेयर साहले सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएसँगै सिहंदरबारको फोहोर उठ्न बन्द भएको थियो ।

सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो ।