भारी मतान्तरसहित चितवन-२ मा रवि लामिछाने निर्वाचित

दियो पोस्ट  

काठमाडौं । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।

अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर ४२९६२ छ । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका छन् ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए ।