नर्स अनुमा श्रेष्ठले किन गरिन् आत्महत्या ?

आत्महत्या गरेकै स्थानबाट डायरी बरामद

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्सले   आत्महत्या गरेकी छन् । काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै ती युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेको खुलेको छ । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै नर्स श्रेष्ठले शनिबार केटाकै घरमा गएर आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार अहिलेसम्म उनको शव उठेको छैन । एसपी रिजालले भने, ‘अहिलेसम्म शव उठिसकेको छैन’।

प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेको मृतक अनुमा श्रेष्ठका आफन्तको भनाई छ । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छन् ।